१३ बैशाख २०८१, बिहीबार

रसुवामा ७० प्रतिशत मत खस्यो

rasuwa election

रसुवामा आज भएको मतदानमा ७० प्रतिशत मत खसेको छ । जिल्लामा ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । 

जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रमा मतदानको कार्य सम्पन्न भएको उनले बताए । विस्तृत विवरण संकलन भइरहेको उनले बताए । 

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा आज (शुक्रबार) जिल्लामा उत्साहमय रूपमा मतदान भइरहेका छ । 

जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो ।  मतदान गर्न ७ बजे अघि देखि नै मतदाताहरू लाइनमा बसेका थिए । मतदान केन्द्रहरूमा बिहानैदेखि घुइँचो लागेको थियो । बृद्धबृद्धा, अशक्त, अपांगता लगायतका नागरिकहरूको पनि उत्साहजनक रूपमा मतदानमा सहभागी भएका थिए । 

जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली खटिएका छन् । 

जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन् । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन । 

अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।