१५ चैत्र २०८०, बिहीबार

मतगणना आजै सुरु, मतपेटिका संकलन हुँदै

chitwan news

देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ ।

निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको अवधि सकिएको हो । तर उक्त अवधिमा मतदान केन्द्रमा पुगेका मतदातालाई भने मत हाल्न दिइएको आयोगले जनाएको छ ।

देशका कतिपय मतकेन्द्रमा बिबाद हुँदा स्थगित भएको छ र कतिपय स्थानमा मतदान गराउने प्रयास जारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएसँगै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जनाएको छ । 

धेरै स्थानमा आजै मतगणना थाल्ने तयारी आयोगको छ। मतगणना सुरु हुन अघि सर्वदलीय बैठक बस्ने छ ।