११ बैशाख २०८१, मंगलवार

उपत्यकामा बिना पास चलाएका १२ सय ६९ वटा सवारी साधन होल्डमा

nepal traffic police
फाइल फोटो

ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार २६९ वटा सवारी साधनलाई बिभिन्न स्थानमा होल्ड गरेको छ । 

होल्ड गरिएका सवारी साधनमध्ये १ हजार १८७ वटा दुईपाङग्रे र ८२ वटा चारपाङग्रे रहेका छन् । 

होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि मात्रै छाडिने र सो अवधिभर पास नलिएका अन्य सवारी साधन पनि संचालन नर्गन नगराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र  सञ्चालन भइरहेका छन् । स्थानीय तहको मतदान भइरहेकाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।