१२ बैशाख २०८१, बुधबार

बिरामीको निधन भएपछि इटहरीको एपेक्स अस्पतालबाहिर प्रदर्शन

apex hospital

इटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराउन ल्याइएको बिरामीको मृत्यु भएपछि आफन्तजन विरोधमा उत्रिएका छन् ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तजन अहिले अस्पताल बाहिर प्रदर्शन गरेका हुन् ।

मोरङ सुन्दरहरैंचा ७ गछियास्थित २६ वर्षीय युवक जोनसोन राईैलाई उपचारका लागि शुक्रबार साँझ अस्पताल भर्ना गरिएको थियो ।सामान्य अवस्थाको बिरामीलाई उपचारमा लापरबाही गरेकाले मृत्यु भएको आफन्तहरूले आरोप लगाउँदै अस्पताल बाहिर नाराबाजी गरेका छन ।

    सम्बन्धित समाचार...