१३ बैशाख २०८१, बिहीबार

खर्च गर्न पाउने रकमको सीमा पालना गर्न आयोगको आग्रह

Election Commission Nepal

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा पालना गर्न आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले निर्धारण गरेको हुनाले सो बमोजिम पालना गर्न आग्रह गरेको हो ।

राजपत्रमा सूचना प्रकाशन गरी निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र तोकिएको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।