८ बैशाख २०८१, शनिबार

सयौं नागरिक फसेको मारिओपोलमा रुसी आक्रमण तिब्र

russia 1

रुसले युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा सयौं मानिस फसिरहेका बेला फेरि आक्रमण शुरु गरेको छ ।

रुसले सबै प्रकारका हतियार प्रयोग गरेर आक्रमण गरेको नेशनल गार्डका कमाण्डर डेनिस श्लेगाले बताएका छन् ।

हिजो मात्र एक महिनाभन्दा बढी समयदेखि कारखानाभित्र फसेका दर्जनौंको उद्धार गरिएको थियो । कारखानाको सुरुङमा बालबालिकासहित अझै सयौं फसिरहेका छन् ।

रुसले केही विस्थापितहरूलाई मस्को समर्थित पृथकतावादीहरूले नियन्त्रण गरेको गाउँमा लगिएको बताएको छ।

रुसी आक्रमणका कारण बन्दरगाह शहर मारिओपोलका ९० प्रतिशत संरचना ध्वस्त भएको युक्रेनले जनाएको छ । पछिल्लो सयम रूसी सेना दक्षिणपूर्वी युक्रेनको डोनबासमा केन्द्रित छन्।