४ बैशाख २०८१, मंगलवार

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौंः मन्त्री झाँक्री

ramkumari

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनुभएको छ ।

निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डल सँगको भेटमा मन्त्री झाँक्रीले समस्याको समाधानका लागि अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने बताउनुभयो ।

ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्यौलता सिर्जना हुने उहाँले बताउनुभयो ।

jhakri chhalphal

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रबी सिंहले मन्त्री झाँक्रीको तर्फबाट व्यक्त प्रतिक्रियाप्रति आफूहरू उत्साहित रहेको बताउनुभयो ।

उहाँले अन्य सम्बद्ध मन्त्रालयसँग पनि समन्वयका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

अध्यक्ष सिंहले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि समायोजन हुनुपर्नेमा जोड दिनुभयो ।