१२ बैशाख २०८१, बुधबार

अत्यधिक गर्मी भारतमा, जनजीवन कष्टकर

garmi

भारतको दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत राज्यमा अत्यधिक गर्मी बढेको छ।

केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको तथा तातो हावा र गर्मीका कारण जनजीवन कष्टकर बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतको मौसम विभागले आउँदो चार÷पाँच दिनमा तापक्रम थप बढ्ने समेत पुष्टी गरेको छ। तापक्रम वृद्धिसँगै तातो हावा चल्न थालेपछि भारत सरकारले अलर्ट जारी गरेको भएपनी ‘लु’ र गर्मीबाट जोगिन राष्ट्रिय कार्य योजनाको निर्देशन पालना गर्न भारत सरकारले आग्रह गरेको छ।