१३ बैशाख २०८१, बिहीबार

दर्ज्यानी चिन्ह लगाए नवनियुक्त आइजीपी सिंह र अर्यालले

police apf

नेपाल प्रहरीका आइजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन्।

सोमबार (आज) गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आइजीपीहरुलाई फुली लगाएका हुन्।

मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए।

अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन्। आइजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।

apf