६ बैशाख २०८१, बिहीबार

स्पेनिस ला लिगा: दोस्रो स्थानमा बार्सिलोना

DSC 6593 min

आरसीडी मालोर्कालाई २-१ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा मेम्फिस डिपाए र कप्तान सर्जियो बुस्केटले एक एक गोल गरे ।

मालोर्काको लागि एन्थोनियोले सान्त्वना गोल गरे । जितपछी सिजनको सुरुआत खराब प्रदर्शनबाट सुरु गरेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।

बार्सिलोनाको ३४ खेलबाट ६६ अंक छ । समान खेलबाट सेभिया ६४ अंक सहित सेभिया तेस्रो स्थानमा छ । चार खेल अघि नै लिग उपाधी जितेको रियल ८१ अंक सहित शीर्ष स्थानमा छ ।