१३ बैशाख २०८१, बिहीबार

(फोटो फिचर) बीस हजार घनमिटरको विशाल ढुंगामा सेनाले गर्‍यो ब्लाष्टिङ

blasting nuwakot 20220430193516

नेपाली सेनाले नुवाकोटमा २० हजार घनमिटरको विशाल ढुंगा ब्लाष्टिङ गरेको छ ।

दुप्चेश्वर गाउँपालिका १ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको करिब २० हजार घनमिटरको ठूलो ढुंगा सेनाले ब्लाष्टिङ गरेसँगै ४७ घरधुरीका २८५ परिवारको जोखिम टरेको छ ।

गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङले बस्तीमाथि जोखिम भएकाले सेनाको सहयोगमा ब्लास्टिङ गरिएको बताए। ‘ढुंगाको जोखिम त टर्‍यो। तर ब्लाष्टिङले जमिन हल्लिएकाले पूर्णरुपमा जोखिम टरिसकेको छैन । अब वर्षा भएपछि अर्को वर्षबाट पूर्णरुपमा सुरक्षित हुन्छ,’ उनले भने । यसपालि भने पहिरोको जोखिम छ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा कालीभञ्जन गण (ई) बाट खटिएको प्राविधिक टोलीले ब्लास्टिक गरेको बताए । उनकाअनुसार फागुन १४ गतेबाट ब्लाष्टिङ कार्य शुरु गरी वैशाख १५ गते ढुङ्गा व्यवस्थापन सम्पन्न गरिएको हो ।

278578199 303680598611093 168410631543124162 n 20220430193624
278606254 303680425277777 6932340408253718956 n 20220430193625
279015123 303680335277786 3217427228903972375 n 20220430193651
blasting nuwakot 20220430193516 1
278808108 303680678611085 347547386129686500 n 20220430193625
blasting nuwakot 20220430193516