१५ चैत्र २०८०, बिहीबार

हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष

thum

हुम्ला खर्पुनाथ गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छिन् । उनी निर्वाचितमात्रै भइनन् सिंगो जिल्लाबाटै महिला वडाअध्यक्ष हुने इतिहास पनि रचेकी छिन् ।

खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएको खार्पुनाथ गाउँपालिका निर्वाचन अधिकृत कमल कुमार आचार्यले बताए । उनका अनुसार दुुई जनाले शनिवार मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचन कार्यतालिका अनुसार सबै पक्रिया पूरा भएपछि आज शाहीलाई निर्विरोध वडाअध्यक्ष घोषणा गरिएको हो ।

खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रकी हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिएका थिए ।

माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो । एमालेका उम्मेदवारले भने आफै फिर्ता लिएका हुन् । न्युज कारखाना