१६ चैत्र २०८०, शुक्रबार

मलेसियामा कार्यरत नेपाली कामदारकाे पारिश्रमिक मासिक तीन हजार रिङ्गेट पुर्याउन प्रस्ताव

IMG 20220430 WA0003

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ ।

मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गर्नुभएको हो ।

भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिङ्गेट पुर्याउन प्रस्ताव गर्नुभएको थियो ।

भेटका क्रममा उहाँहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।