१६ चैत्र २०८०, शुक्रबार

पोखरा महानगरपालिकामा मेयरका बागी उम्मेदवारलाई लालटिन चिह्न

bimal karki

पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिईएको छ । कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

उनलाई उम्मेद्वारी फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।

गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेद्वारी दिएका थिए । नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले भने शुक्रबार नै उम्मेद्वारी फिर्ता लिएका छन् ।

यस्तै, अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेरी उम्मेद्वारहरुलाई लौरो चिन्ह दिईएको छ । मेयरदेखि वडाध्यक्षसम्मका उम्मेद्वारले अव लौरोबाट भोट माग्न पाउनेछन् । पोखरामा मेयरका लागि २३ र उपमेयरमा ८ जनाको प्रतिस्प्रर्धा छ ।