१२ बैशाख २०८१, बुधबार

खराब मौसमका कारण काठमाडौंका उडान तथा अवतरण प्रभावित

tia domestic

काठमाडौंको मौसम आज खराब भएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहानैदेखि काठमाडौंका उडान र अवतरण प्रभावित भएका छन्।

काठमाडौं उपत्यकामा कतै बादलले ढाकेको त कतै पानी परिरहेको छ । भिजिबिलिटी कम भएकाले उडान र अवतरण प्रभावित भएको विमानस्थल समितीले जनाएको छ । तारा, बुद्ध र यतीका गरी ६ वटा उडान डाइभर्ट भएका छन् ।