७ बैशाख २०८१, शुक्रबार

कैलालीका १६ मेयर तथा अध्यक्षले उम्मेदवारी फिता लगे

election

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये कैलालीमा १० जना मेयर र ६ जना अध्यक्ष पदका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कैलालीका १३ वटै पालिकामा उम्मेदवारी दिएका मध्य ७ जना उपप्रमुखले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगको कार्यक्रम अनुसार वैशाख १६ गते बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले फिर्ता लिन पाउने प्रावधान अनुसार कैलालीमा उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।

धनगढी उपमहानगरपालिकामा १ जना मेयरले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फर्ता लग्नेमा जनमोर्चाका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी अञ्जना श्रेष्ठ (मास्के) कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

मेयरसहित धनगढीमा जम्मा २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै ६ वटा नगरपालिका रहेको कैलालीमा भजनी नगरपालिकामा मेयर पदमा १ र ५ जना वडा अध्यक्षसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

टीकापुर नगरपालिकामा २ जना प्रमुख, १ उपप्रमुख ४ जना वडा अध्यक्षसहित १२ जना, घोडाघोडी नगरपालिकामा १० वडा अध्यक्ष सहित २३ जना, गौरीगंगा नगरपालिकामा १ जना मेयर, १ जना उपमेयर, १० जना वडा अध्यक्ष सहित २७ जना, गोदावरी नगरपालिकामा ६ वडाध्यक्ष सहित १७ जना, लम्की चुहा नगरपालिकामा ५ जना मेयर र ५ जना उपमेयर पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै वर्दगोरिया गाउँपालिकामा २ जना अध्यक्ष र ३ जना वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् ।

जानकी गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष २, वडाध्यक्ष ३ जना र २ जना वडा सदस्य, चुरे गाउँपालिकामा १ जना अध्यक्ष, १ जना वडाध्यक्ष सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कैलारी गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष १, वडाध्यक्ष ४ र सदस्य २ जना गरेर ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै मोहन्याल गाउँपालिकामा १ जना गाउँपालिका अध्यक्ष र ३ जना वडाअध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् भने जोशीपुर गाउँपालिकामा भने एक जनाले पनि उम्मेदवारी फिर्ता लिएनन् ।

सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा एक जना मेयर पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै अब ९ जना प्रतिस्पर्धा जाने भएका छन् । धनगढीको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा (एमाले) का रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कविन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट मेयर पदका उम्मेदवार छन् । न्युज कारखाना