१३ बैशाख २०८१, बिहीबार

लिग रद्द भएपनि पिएसजी च्याम्पियन

psg

फ्रान्सको शीर्ष डिभिजन लिगको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन ९पिएसजी० लिग रद्द भएको अवस्थामा पनि च्याम्पियन बन्ने भएको छ ।

केहि दिनअघि मात्र फ्रान्सका प्रधानमन्त्रीले राष्ट्रिय सभामा बोल्दै सेप्टेम्बरसम्म कुनै किसिमका खेल गतिविधि नहुने घोषणा गरेका थिए । उनले नाम तोकेर नै फुटबलको सिजन २०१९(२० अब सम्पन्न गर्न नसकिने बताएका थिए । यस्तो अवस्थामा लिग उपाधि नजिक पुगेको पिएसजीको भविष्य के हुने भन्ने अन्यौल रहेको थियो ।

फ्रान्सको प्रतिष्ठित संचारमध्यम ले एकिपका अनुसार फ्रान्सको फुटबल संघले पिएसजीलाई च्याम्पियन घोषित गर्ने भएको छ । पिएसजी लिगमा दोस्रो स्थानको मार्सेभन्दा १२ अंक अगाडी रहेको थियो । लिगमा अझै ११ खेल खेल्न बाँकी रहेको छ । यद्यपि दोस्रो श्रेणी लिगबाट बढुवा हुने र माथिल्लो लिगबाट घटुवा हुने टोलीबारे भने अझै निर्णय भएको छैन ।

यस उपाधिसँगै पिएसजीले लगातार तेस्रो पटक लिग उपाधि जितेको छ । यससँगै पिएसजी अर्को सिजन च्याम्पियन्स लिगको लागि छनोट हुने देखिएको छ । यसका लागि भने युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले लिग पूरा नभएपनि संघको प्रस्ताव मान्नुपर्ने हुन्छ । यूईएफएले यसअघि नै मे २५ सम्ममा लिग सुचारु गर्ने अवस्था बनाउन आग्रह गरेको थियो । एजेन्सी