७ बैशाख २०८१, शुक्रबार

सबैभन्दा बढि मतदाता रहेको काठमाडौमा वालेनले कस्को मत काट्लान ?

keshab balen

चर्चाको केन्द्र रहने काठमाडौँ महानगरपालिकामा यसपटक पनि परम्परागत प्रतिस्पर्धी दलहरू एमाले र कांग्रेसबीच कडा टक्कर हुने देखिएको छ ।

गठबन्धनका कारण वलियो बनेको कांग्रेस र जितको ईतिहासले आट भरिएको एमाले आ–आफ्नै पार्टीले जित्ने आत्मविश्वासका साथ चुनावी दौडमा होमिएका छन ।

पाँच दर्जन बढि आकंक्षी रहेको काठमाडौँ महानगरमा चुनावी सरगर्मीले बढेको छ । सत्ता गठबन्धन र एमालेवीच मुख्य प्रतिस्पर्धीका रुपमा रहँदा गठबन्धनमा देखिईरहेको बेमेलले हौसिएको एमाले र पाँच दलसहित अघि बढेको कांग्रेसको आत्मविश्वासका कारण यो सरगर्मी अझ बढ्ने देखिन्छ ।

गत निर्वाचनको तत्थ्याङ हेर्दा पनि १९ हजार ६ सय ४४ मतअन्तर र आफूले ५४ सालमै ८४ हजार मतले जितेको ईतिहासका कारण एमालेतर्फका प्रत्यासी केशव स्थापीत बढि नै उत्साहित हुँदै आएका छन । यहि परिणामका कारण एक्लाएक्लै उठ्दा एमालेलाई जित्न गाह्रो नरहेको उनको विश्लेषणमा कांग्रेसभित्र देखिएको गठबन्धन विरोधी मतले पनि वल दिएको छ ।

चौधौ महाधिवेशनबाटै चिरिएका मत र विगतमा देखिने जुँगाका लडाईले विगतमा दोश्रो स्थानमा रहेको कांग्रेसलाई गठबन्धनको मतले टेवा नदिने एमालेको विश्लेषण छ ।

वडागत रुपमा हेर्दा पनि गत निर्वाचमा ३२ ओटामध्ये १७ ओटा वडामा एमालेले र वाँकि १५ ओटा वडामा कांग्रेसले विजय हासिल गरेको थियो भने यो पल्टपनि कम्युनिष्टको मत कांग्रेसमा नजाने विश्वासपनि स्थापितमा देखिन्छ । जुन डर स्वयम कांग्रेसकै नेताहरुले पनि देख्दै आएका छन ।

केहि डर टुक्रिएर गएको एकीकृत समाजवादीका कारण भएपनि त्यो मत लगभग ७ हजार मात्रै रहेकोले थपिएका २१ हजार मतदाताबाट परिपूर्ती हुने एमालेको आन्तरिक विश्लेषण छ । यहि धरातलको जगमा स्थापीतले कांग्रेस र गठबन्धन आफैमा छिन्नभिन्न भएकोले आफूले जित्ने दाबी गर्दै आएका छन ।

तर अवस्था अहिले एमाले प्रतिकुल बन्दै गएको छ । काठमाडौँ महानगरमा गठबन्धनकै तर्फबाट सिर्जना सिंह सर्वसहमतको अवस्थामा देखिएकी छिन । उनका श्रीमान प्रकाशमान सिंह सभापती उठ्दा साथ नदिएकाहरु पनि अहिले एकढिक्का भएर प्रतिष्ठाकै लडाईका रुपमा अघि बढेका छन ।

महाधिवेशन पश्चात चिढिएका गगन थापा समेत चाक्सीबारी पुग्दा देउवा पक्षका नेता, सांसद तथा पूर्व जिल्ला सभापती गोविन्द रन्जित, सिटौला पक्षका भिमसेन दास प्रदान पनि साथ दिएका छन । यता देउवाले टिकट दिन चाहेका पुराना नेता तिर्थराम डंगोल पनि सिर्जनालाई जिताउन लागि परिरहँदा अर्की आकांक्षी तथा वहालवाला उपमेयर हरिप्रभा खड्गी काध नै थापेर अघि बढिरहेकी छिन ।

देउवा पत्नी आरजु राणा समेत चाक्सीबारी पुगेको दृश्यले काठमाडौ महानगरको सवालमा एकजुट भएको प्रष्ट भएको । काठमाडौको नतिजाको विश्लेषणले पुरातन शक्ती र वृद्ध भन्दा विकल्पिक र युवालाई विश्वास गर्नेको संख्या पनि निर्णायक अवस्था मै छ ।

गत निर्वाचनमा मेयर पदमा विवेकशील नेपाली दलकी रन्जु दर्शना र साझा पार्टीका किशोर थापाले ल्याएको मत यसैको उदाहरण हो । उनीहरुले क्रमश २३ हजार ४ सय ३९ र १८ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए । वैकल्पिक शक्ती भनिएकाहरुको बैचारिक स्खलन र दयनीय अवस्थाका कारण यो मत युवा र भिजन भएको उमेद्धारतर्फ जाने सम्भावना छ ।

जसको फाईदा स्वतन्त्र उमेद्धार वालेन शाहले लिने देखिन्छ भने योसंगै अरु काटिने सक्ने मतले दुवै पार्टीलाई आन्तरिक विश्लेषण तलमाथि पर्न सक्छ । फतल देशभरका ६ महानगरपालिका मध्ये सबैभन्दा बढि मतदाता रहेको काठमाडौमा विगतको मतलाई विग्रन नदिई थपिएका २१ हजार बढि मतदातालाई पनि आर्कषित गर्ने चुनौती भने एमाले कांग्रेस दुवैमा छ ।