४ बैशाख २०८१, मंगलवार

यी क्षेत्रमा वर्षाकाे सम्भावना

weather aajko mausam

काठमाडाैं, १४ वैशाख । पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो गण्डकी र प्रदेश १का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाकाे छ । प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएकाे छ । महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ ।