३ जेष्ठ २०८१, बिहीबार

मनोनयन दर्ता रद्द एमालेका तामाङको रसुवामा

uml logo1628521956

रसुवाको आमाछोदिङमो गाँउपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्षको उम्मेदवारमा गरिएको मनोनयन रद्द भएको छ । २०७४ सालमा वागमती प्रदेश संसदको बन्दसूचिमा नामवली रहेका टेम्रेल तामाङले अध्यक्षमा उम्मेदवार दिनुभएपछि उहाँको मनोनयन दर्ता नगरिएको सहायक निर्वाचन अधिकृत अमरबहादुर जिसिले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

तात्कालिन नयाँ शक्ति पार्टीबाट वागमती प्रदेश संसदमा तामाङको नाम बन्दसूचिमा समावेश गरिए पनि हालसम्म नहटाइएपछि उहाँको मनोनयन दर्तामा कानुनी बाधा पुगेको उहाँले जानकारी दिनुभयो । नयाँ शक्ति पार्टीबाट तामाङ नेकपा ९एमाले० प्रवेश गर्नुभएको थियो ।

सोमबार सामान्य विवाद पछि एमालेले पुनः फुर्वु सिङगी तामाङलाई फेरी अध्यक्षमा मनोनयन दर्ता गराएका थिए । तर अन्यदलहरुले एउटै पार्टीबाट दुई वटा उम्मेदवार दर्ता भएको भन्दै विरोध जनाएपछि पछिल्लो मनोनयन दर्ता खारेज गरेको जिसिले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले अघिल्लो मनोनयनलाईनै प्राथमिकता दिएको तर कानुनी अड्चन आएसँगै निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा जानकारी सहितको प्रतिवेदन पेश गरिएको जनाएको छ ।

आयोगको केन्द्रीय कार्यालयको निर्णयनै अन्तिम हुने तर बन्दसूचिबाट नयाँ शक्ति पार्टीले नाम नहटाएका कारण मनोनयन दर्ता हुने सम्भावना भने नभएको कार्यालयको भनाई छ । बन्दसूचिमा नाम भएका कारण अध्यक्षका उम्मेदवार तामाङ प्रदेश सांसद समेत हुने बाटो अझै खुल्ला हुने कानुनी व्यवस्था छ ।

यस गाउँपालिकामा २७ वटा स्थानमा निर्वाचन हुने छ भने अध्यक्षका लागि तामाङ सहित आठ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । एक जना स्वतन्त्र रहेका छन् । गाउँपालिकामा जम्मा पाँच वडा रहेका छन् ।