१३ बैशाख २०८१, बिहीबार

कोभिडका संक्रमित बढ्दै सांघाइमा

china corona

चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ। अधिकारीहरुले कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन्।

चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार सोमबार मात्र अर्थात् गएको २४ घण्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ।

संक्रमितहरु सांघाइमै संक्रमण भएर देखिएको बताइएको छ। हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन्।

चीनमा पछिल्ला केही समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ। चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ।

स्थानीय सरकारले सांघाइमा मात्र सोमबार ५२ जनाको कोभिड संक्रमणका कारण ज्यान गएको छ। ५२ जना संक्रमितहरु गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ।