२४ बैशाख २०८१, सोमबार

सुनुवाइ हुँदै गभर्नर अधिकारीलाई निलम्बनविरूद्ध गरेको रिटमा

mahaparsad

नेपाल राष्ट्र बैंका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई सरकारले गरेको निलम्बनविरूद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

यसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो । सर्वोच्चको उक्त आदेशसगै अधिकारी राष्ट्र बैंक फर्कनु भएको थियो । आज दुवै पक्षलाई छलफलमा बोलाएकाले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिनेबारे निर्णय हुनेछ ।

सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिए अधिकारी मुद्दाको फैसला नभएसम्म पदमा कायम रहनु हुनेछ । तर, अन्तरिम आदेश खारेज गरेमा भने छानविन समिति क्रियाशिल हुनेछ । र, अधिकारी स्वतः पदमुक्त हुनुहुनेछ ।