१८ बैशाख २०८१, मंगलवार

राष्ट्रिय महिला बिच भलिबलको उपाधि पुलिसलाई

vollyball 1024x496 1

पाल्पाको रानीमहलमा सञ्चालित प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । आज भएको फाइनल खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो ।

फाइनलमा पुलिसले लुम्बिनी प्रदेशलाई २१–८ र २१–१७ को सेटमा पराजित गर्दै नगद १ लाख, पाल्पाली करुवा र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता लुम्बिनी प्रदेशले नगद ५० हजार, पाल्पाली करुवा र प्रमाण पत्र प्राप्त गरेको छ ।

उत्कृष्ट खेलाडी पुलिसकी कमला पुन घोषित भइन्, उनले नगद २० हजार प्राप्त गरिन् ।

विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले पुरस्कार वितरण गर्नुभएको सञ्जय स्मृति प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।

प्रतियोगितामा दुई विभागीय टोलीसहित सात प्रदेशको सहभागिता थियो ।

    सम्बन्धित समाचार...