१८ बैशाख २०८१, मंगलवार

सरकारले एमसीसी संसदमा टेबल गरेपछि दबाबमा एमाले

Uml New office 1024x538 1

सरकारले सदनमा एमसीसी टेबल गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दबाबमा परेको छ ।

संसदमा एमसीसी टेबल भएपछि मात्रै आफ्नो धारणा दिने बताउँदै आएको एमाले फागुन १२ गतेको संसद बैठकअघि नै धारणा बनाउने तयारीमा जुटेको छ ।

हिजो सदनमा एमसीसी टेबल भएपछि बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले निर्णयार्थ पेस हुने बेलामा मात्रै धारणा बनाउने संकेत गर्नुभएको छ ।

तर सांसद र शीर्ष नेतृत्वले अब एउटा दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने दबाब ओलीलाई दिन थालेका छन् । पार्टी विरोधमा रहँदारहँदै नेता भीम रावलले एमसीसी टेबलको प्रक्रियामा भाग लिनुभएको छ । उहाँले एमसीसी टेबल नै हुन नहुने बताउनु भएको छ ।

तर पार्टी निर्णय विपरित रावललाई बोल्न दिएको भन्दै एमालेले सभामुखसँग आपत्ती पनि जनाएको छ । यसबारे रावलसँग पनि सोधपुछ गरिने प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

पार्टीले धारणा प्रष्ट नपर्दा सांसदहरू नै विभाजित हुने अवस्था आएकाले एमालेले केही दिनभित्रै धारणा प्रष्ट पार्ने तयारी गरेको छ ।