
कोरोना भाइरसविरुद्धको खोप अभियानमा गम्भीर लापरवाही भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
पैसा लिई खोप लगाएको, खोपको उचित भण्डारण नगरेको कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको कोभिड-१९ विरुद्धको खोप छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न समितिले सुझाव पनि दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको २४ लाख खोप हराएको सार्वजनिक भएपछि ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।