१८ बैशाख २०८१, मंगलवार

मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान

Election Commission Nepal

निर्वाचन आयोगले निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज सार्वजनिक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त मागेको हो ।

निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन संकलन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ ।