१८ बैशाख २०८१, मंगलवार

कार्यालय आउँदै गर्दा चिकित्सा शिक्षा आयोग उपाध्यक्ष गिरी सवार गाडी तोडफोड

shree krishna giri

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी सवार गाडीमा आज अज्ञात समूहले आक्रमण गरेको छ ।

निवासबाट सानोठिमीस्थित कार्यालय आउँदै गर्दा आज बिहान काठमाडौँको काँडाघारीमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी आक्रमण गरेको आयोगले विज्ञप्ति जारी गरी जनाएको छ ।

आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले बताउनुभयो । उपाध्यक्ष गिरीको अवस्था भने सामान्य रहेको छ ।

उक्त आक्रमणको घटनाप्रति चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गरेर घोर भर्त्सना गर्दै संलग्नमाथि कारबाहीको माग गरेको छ ।

    सम्बन्धित समाचार...