
फाइल फोटो
काठमाडौं उपत्यकामा पाँच हजार ३०६ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।
शनिवार देशभर १० हजार २५४ जना कोरोना संक्रमित थपिएकोमा आधाभन्दा बढी उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा तीन हजार ७६२ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा एक हजार ११० र भक्तपुर जिल्लामा ४३४ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार २४ पुगेको छ।