
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित ‘प्रश्नउत्तर’ कविताको ‘उद्देश्य के लिनु–उडी छुनू चन्द्र एक……’ भन्ने हरफ जस्तै छ उनको सोच र सपना पनि जो कोही मानिस आफ्नो लक्ष्य उदेश्य अनि गन्तव्यमा पुग्नका लागि ठोस योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहनुपर्छ । र त ढिला चाँडो सफल होइन्छ ।
ठिक यस्तै सूत्र अपनाइरहेकी छिन् उनले नेपाली फिल्म क्षेत्रमा उदाए सँगै एकाएक चम्किने रणनीति बनाएकी कलाकार समिक्षा क्षेत्रीको चर्चा हो यो ।
अर्घाखाँची जिल्ला घर भई हाल काठमाडौमा बस्दै आएकी समिक्षा क्षेत्री नेपाली फिल्म क्षेत्रमा धेरै पुरानो नाम होईन । समिक्षा क्षेत्री नेपाली फिल्म क्षेत्रमा उदाउदै गरेको एउटा नयाँ नाम हो।
कान्तिपुर फिल्म एकेडेमीबाट एक वर्षको अभिनय कोर्समा ग्रेजुएट गरेकी समिक्षा यस क्षेत्रमा निरन्तर ३ बर्ष देखी सङ्घर्षरत छिन्। उमेरमा २२ बर्ष लागेकी चटक्क परेकी समिक्षा, हेर्दा आकर्षक र राम्री देखिन्छिन्। अनुशासित समिक्षाको अभिनय क्षमता पनि उनि जत्तिकै आकर्षक र मनमोहक छ। आफ्नो कर्मथलो बनाउन राजधानिमा संर्घषरत समिक्षाले फिल्म, विभिन्न विज्ञापन, म्युजिक भिडियो र टेलिसिरियलमा अभिनय गरिसकेकी छिन् ।
हालै समिक्षाले फिल्म ‘A’ को छायाँकन सकेर उनि अब चाँडै अर्को फिल्ममा काम गर्ने गरि बसिरहेकी छिन् ।

यो क्षेत्रमा किन आउन चहानु भयो भन्दा उनि भनछिन्: आफू सानो छदाँ फिल्मका बारेमा खासै धेरै ज्ञान त थहा नै थिएन अभिनय भनेपछि हुरुकै हुन्थे । त्यति बेला टिभीमा ‘मेरी बास्सै’ र ‘तितो सत्य’ जस्ता हास्य टेलिसिरियल हेरेर उनिहरुको अभिनयको ब्याङग्य गर्ने र्गथे र स्कुलमा साइन्स सरले पछि ठूलो भएर के बन्ने भनेर सोध्दा ‘म कलाकार बन्ने भन्दा स्कुल भरी हास्यको पात्र’ (ट्रोल) बनेको कुरा उनि बताउँछिन् ।
पछि फिल्म ज्ञान बढ्दै जादाँ म कस्लाई हेरेर अभिनय गर्ने या आफूभित्र देखी नै म कलाकार बन्छु भन्ने थियो । मलाई फिल्म हलहरुमा गएर फिल्म हेर्दा मेनुुका प्रधान दिदी चाँही एकदमै मन परेको बताइन।
आफु यस क्षेत्रमा भर्खर भर्खर पाईला टेकेकोले त्यती धेरै थाहा नभए पनि यस क्षेत्रमा निरन्तर लागीरहदाँ भविष्यमा राम्रो हुन्छ भन्ने लागेको बताइन ।
आफ्नो अभिनयबाट दर्शकहरुलाई आकर्सित र सबैको मन जित्न सफल भएकी छिन्। उनले भनिन्, आगामी दिनमा आफुलाई चित्त बुझ्ने खाले कुनै पनि फिल्म तथा म्युजिक भिडियोको अफर आयो भने म गर्न तयार छु र जीवन्त नेपाली फिल्म क्षेत्रमा लाग्ने प्रतिबद्दता समेत ब्यक्त गर्ने कुरा बताउँछिन्।
उनको यस यात्रामा अब भने फरक कोण भिन्न खालको फरक-फरक अभिनयबाट दर्शक माझ आउने प्रतिवद्धता गर्दछिन् ।



