१७ बैशाख २०८१, सोमबार

आज अप्रिल फुल,’बाँचे अर्को वर्ष मनाउँला अप्रिल फुल’

aprilfool

आज अप्रिल १ तारिख । यो दिन मानिसहरु एक अर्कालाई मूर्ख बनाएर अप्रिल फुल मनाउने गर्छन्। यो चलन विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि मनाउने प्रचलन छ।

अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ । यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।

अरुलाई फुल बनाउँदा प्रहरीको फन्दामा परेका उदाहरण पनि हामीमाझ छन् । अघिल्लो वर्ष पनि केहीले अप्रिल फुल मनाउँदा प्रहरीको फन्दामा परेका थिए ।

यस वर्षको अप्रिल फुल भने फरक हुने देखिएको छ। मानिसहरु ठट्टा गर्ने वा कसैलाई मूर्ख बनाउने मुडमा छैनन्।

कोरोना भाइरसले ल्याएको महामारीका कारण अहिले विश्व नै त्रसित छ। हजारौंको ज्यान गइसकेको छ । लाखौं संक्रमित छन्। दैनिक सयौंको ज्यान गइरहेको छ । कोरोनाको औषधि वा भ्याक्सिन नै पत्ता लागेको छैन अहिलेसम्म। सारा विश्व नै अहिले पूरा शक्ति लगाएर जुधिरहेको छ।

यसैबीच प्रविधि कम्पनी गुगलले पनि यो वर्ष अप्रिल फुल नमनाउने निर्णय गरेको छ। गुगलले यो वर्ष अप्रिल फुलको प्रान्क रद्द गरेको छ । गुगलले भनेको छ ठट्टाहरु अर्को वर्षलाई जोगाइराखौँ । अहिलेचाहिँ आफू बचौँ र अरुलाई पनि बचाऔँ। कोभिड–१९ सहायता कार्यहरुमा गुगलले ८० करोड डलर सहयोगको प्रतिबद्धता जनाएको छ।

गुगलको मार्केटिङ विभागले कम्पनीका उच्चपदस्थ कर्मचारीहरुलाई इमेल गर्दै गुगलले यस वर्ष अप्रिल फुल मनाउने आफ्नो परम्परालाई थाँती राखेको बताएका छन्।

गुगलले दुई दशकदेखि अप्रिल फुल मनाउँदै आएको छ । अप्रिल १ को दिन उसले आफ्ना विभिन्न प्लाटफर्ममा गुगलले प्रांक गर्ने गर्छ।

धेरै पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो । मानिसहरु जनावरी १ लाई होइन अप्रिल १ लाइ नै ‘न्यु एअर’ मान्दथे । पछि केहीले आन्दोलन गरेर जनवरीलाई पहिलो महिना माने र ति पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यङ्ग्य गर्न लागे र अप्रिल फुलको सुरूवात भएको हो ।