१८ बैशाख २०८१, मंगलवार

अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण

269780469 456876062541017 786676425823929105 n

अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ । मंसिर दोस्रो साता सिक्किममा फिल्म ‘बाबरी’ को छायांकन पूरा गरेर उतैबाट मुम्बई गएकी उनले बुधवार इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

मुम्बईको अस्पतालमा दुई चरणको भेरोसेल खोप लगाइसक्दा समेत उनलाई कोरोना संक्रमण भएको हो ।

उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिएँ । अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु । जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला ।’ अदितीले विगत लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छन् । उनले फिल्म ‘कृ’ बाट अभिनेता अनमोल केसीको अपोजिटमा अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।

फिल्म ‘कृ’ मा अभिनय गर्नुभन्दा अगावैदेखि मुम्बईमा बस्दै आएकी उनले केही हिन्दीसँगै पञ्जाबी गीतमा अभिनय गरिसकेकी छन् । होम प्रोडक्सनको फिल्म ‘बाबरी’ बाट चार वर्षपछि अभिनयमा फर्किएकी उनले यो फिल्ममा धिरज मगर र नायिका तृप्ती नाडकारका छोरा धिरज टोटलानीसँग रोमान्स गरेकी छन् ।

aditi budathoki9