१८ बैशाख २०८१, मंगलवार

नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारीको तयारी

IMG 20211226 120433 1 1024x461 1

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले शिष्टाचार भेट गर्नुभयो ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र सिसेल्सको द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको छ ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरू लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिनुभयो ।

नेपाली कामदारहरू सिसेल्समा वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले द्विपक्षीय श्रम समझदारी ९एमओयू० का लागि तयारी अघि बढाइने बताउनुभयो ।

सिसेल्स हेर्ने नेपाली राजदूतावास (प्रक्रिया) दक्षिण अफ्रिकाको राय बमोजिम जेल सुरक्षाको लागि मात्रै नभएर प्रहरी सेवा र निजी क्षेत्रमा हुने रोजगारी समेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।

IMG 20211226 124423 1 1024x461 1

मन्त्री श्रेष्ठले नेपालबाट वार्षिक कति कामदार लैजाने रु कस्तो खालको सीप तालिम आवश्यक पर्दछ रु न्यूनतम योग्यता र भाषागत क्षमताका साथै न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधाहरूबारे छलफल गरी द्विपक्षीय श्रम समझदारी (एमओयू) गर्न सकिने बताउनुभएको थियो । कामदार छनोट, रोजगारी र स्वदेश फिर्ती लगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुङ्गो लगाउन उपयुक्त हुने उहाँको भनाइ थियो ।

राजदूत पिल्लेले सिसेल्स सरकार सुरक्षा गार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदारहरू लैजान इच्छुक रहेको बताउनुभयो ।

उहाँले खुला र उदार अर्थव्यवस्था भएको सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनसक्ने बताउनुहुँदै सिसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने बताउनुभयो ।

राजदूत पिल्लेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई सिसेल्स भ्रमणको निम्तो पनि दिनुभएको थियो । नेपाल र सिसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४ बर्ष भएको छ ।

    सम्बन्धित समाचार...