१८ बैशाख २०८१, मंगलवार

पशुपतिनाथ मन्दिरमा पकेट मार्ने दुई जना पक्राउ

Pokcet mar 576x768 1

काठमाडौंको पाशुपत क्षेत्रमा पकेट मारेको अभियोगमा दुईजना पक्राउ परेका छन । पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरुको पकेट मार्ने काम गर्दै आएका एक महिला र एक पुरुष गरी दुई जनालाई शनिबार विहान गौशाला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बनारस घर भइ हाल गौशालाको सितला गेस्ट हाउसमा बस्दै आएका २६ बर्षीय गोपल अग्रवाल र भारतकै सुगौली फुलवार घर भइ गेस्ट हाउसमै बस्दै आएकी मुस्कान गुप्ता रहेका छन ।

उनिहरु बस्ने गेस्ट हाउसको कोठा नम्बर १०८ मा खानतलासी गर्दा पाँच थान मोबाइल, नगद रु ४२ हजार, २ थान पर्स र एक थान चक्कु बरामद भएको प्रहरीले जनाएको छ ।

दुवै अभियुक्तहरुले काठमाडौंका अलावा मनकामना र पोखरामा पनि पकेट मार्ने काम गरेको प्रहरीको सोधपुछबाट खुलासा भएको छ । थप अनुसन्धानका लागि दुवैजनालाई गौशाला बृत्तमा राखिएको छ ।