१८ बैशाख २०८१, मंगलवार

आज विहाको उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकियो छठ

chhath puja

आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिने छठ पर्व विधिवत रुपमा समापन भएको छ ।

चितवनको नारायणी नदी किनारमा आज विहान उदाउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुको भिड लागेको थियो । यस्तै जिल्लाको माडी, रत्ननगर र खैरहनीका स्थानीय नदीहरुमा पनि ब्रतालुहरुको भिड लागेको थियो । तराईमूलका बासिन्दाको पर्वको रूपमा रहेको छठ पछिल्लो समय पहाडी समयले समेत मनाउन थालेपछि नारायणी किनारमा वर्षेनी भिड बढ्दै गएको छ ।

छठ पर्वको मुख्य दिन बुधबार दिउँसोदेखि भक्तजन पूजापाठ एवं कथा सुन्ने काम गरेका थिए भने साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएका थिए । छठीमाताको भाकल गर्ने (कोशी बस्ने)ले रातभर जागाराम बसी पूजा पाठ गर्ने, कथा सुन्ने र भजनर्कितन गर्ने गर्दछन् । साँझमा अघ्र्य चढाउने र बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि यो पर्ब समापन हुने गर्दछन् ।

छठपर्वका लागि नारायणी नदी किनार सिँगारिएको छ । नदीमा सीमा रेखा कोर्ने, भक्तजनको भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नेलगायतका काम गरिएको थियो । चितवनको छठपूजा हुने मुख्य स्थान नारायणी नदी किनारमा बिसं २०२२ सालदेखि छठ पूजा हुँदै आएको छ ।