
नेकपा एमालेको ६ सयभन्दा बढी पालिकामा अधिवेशन सकिएको छ ।
मंगलवार ६ सयभन्दा बढी पालिकामा अधिवेशन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो अधिकांश पालिकामा सर्वसम्मत रूपमा भएको जानकारी आाएको उहाँले बताउनुभयो ।
एमालेले देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । ७५३ पालिकामध्ये केहीमा भने बाढीपहिरोका कारण अधिवेशन सरेको छ ।
यसअघि कात्तिक ६ गते एमालले एकैसाथ वडा अधिवेशन गरेको थियो । बाँकी रहेका वडा र पालिकामा छिट्टै अधिवेशन गर्ने एमालेको तयारी छ ।