२३ बैशाख २०८२, मंगलवार

विप्लव नेृत्वको नेकपाद्वारा एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा

Biplav
फाइल फोटो

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउने तयारी थालेपछि नागरिकस्तबाट विरोध भइरहेको छ ।

यसबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो ।

भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।

यस्तै सो पार्टीको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता विरुद्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया आयोजना गरेको हो ।

यस्तो छ संघर्षका कार्यक्रम
२३ गते बुधबार देशव्यापी कोणसभा
२५ गते देशव्यापी विरोध प्रदर्शन
२६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने
२७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने
२८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा