
फाइल फोटो
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।
ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिए। उनले भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्यो रे ? कसलाई खुसी पार्न ? यो सरकारलाई चुनौती दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस् ।’
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि आरोप लगाए ।