
नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्रीले हल्लाको भरमा गठबन्धन नटुट्ने बताउनुभएको छ। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै झाँक्रीले हल्लाकै भरमा गठबन्धन कुनै हालतमा नटुटने बताउनुभएको हो ।
जनअनुमोदित संसद्लाई पूरा कार्यकाल सञ्चालन गर्न अग्रगमन पक्षधर पार्टीहरूबीच गठबन्धन भएको भन्दै उहाँले त्यो अभिभारा पूरा गरेर छाडने बताउनुभयो । उहाँले आफूहरूको कारणले संघीय सरकार विस्तारमा कुनै ढिलाइ नभएको जिकिर गर्दै दल दर्ताको प्रक्रिया बाँकी रहेकाले संघमा सरकार विस्तार र प्रदेशमा नयाँ सरकार निर्माण हुन ढिलाइ भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी नै बनिसकेको छैन। पार्टी नबनी सरकारमा जान पनि मिल्दैन । प्रक्रिया सकिएपछि संघमा चाँडै सरकार विस्तार हुन्छ र प्रदेशमा पनि नयाँ सरकार निर्माण हुन्छ ।’
झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरुको दल रोजे उहाँहरुलाई विश्वासको मत दिने बताउनुभयो ।
उहाँले दुबै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताउनुभएको हो ।झाँक्रीले भन्नुभयो, ‘दल छान्ने अधिकार २३ गतेसम्म छ । उहाँहरुले नेकपा एकीकृत समाजवादीतर्फ कायम राख्नुभो भने उहाँहरुलाई नै विश्वासको मत दिन कोशिस गर्छौं ।