२३ बैशाख २०८२, मंगलवार

नेपालको पार्टीलाई हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिन एमालेको माग

Uml New office 1024x538 1

नेकपा एमालेले माधवकुमार नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ ।

एमालेकातर्फबाट अधिवक्ता बाबुराम दाहालले आज निर्वाचन आयोगको कार्यालयमा पुगेर निवेदन दिनुभएएको हो । दाहालले आयोगमा दर्ता गरेको पत्रमा एमालेको नामसँग मिल्ने गरी माधवकुमार नेपाल समूहलाई पार्टीको नाम दर्ता नगर्न माग गरिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ९ अनुसार एमालेले प्रयोग गर्दै आएको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत नेपाल समूहलाई प्रयोग गर्न दिन नमिल्ने भएकाले त्यसै अनुसार माग गरिएको दाहालले जानकारी दिनुभयो ।

एमालेले बुझाएको पत्रमा १४ जना सांसदलाई पार्टीले कारबाही गरिसकेको हुनाले उनीहरुलाई २० प्रतिशतमा गणना गर्न नमिल्ने पनि एमालेले जिकिर गरेको छ ।

कारबाहीमा परेका १४ सांसदमध्ये ९ जना केन्द्रीय सदस्य रहेकाले उनीहरुलाई २०३ सदस्यीय केन्द्रीय सदस्यको प्रतिशतमा गणना गर्न नमिल्ने दाहालले बताउनुभयो ।

एमालेले माधवकुमार नेपाललाई हँसिया हथौडा प्रयोग गर्न नदिने भने पनि एमाले, माओवादी, नेमकिपा, राष्ट्रिय जनमोर्चा, माले, विप्लव नेतृत्वको नेकपा सहित सबै कम्युनिस्ट पार्टीले हँसिया हथौडा अंकित झण्डा नै प्रयोग गर्दै आएका छन् ।