
सामान्यतया सबैमा धेरथोर यौनचाहना हुन्छ नै। कसैमा कम तथा कसैमा बढी। फेरि एकै व्यक्तिमा समय र परिस्थितिअनुसार फरक हुन्छ। कम हुनुलाई नभएको ठान्ने गरिन्छ, जुन सही होइन।
यसैगरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ, अर्थात् कम यौन इच्छाको स्थिति हुन सक्छ। यस्तो स्थितिमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा र वा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ, तर यदि दुवै जना यसमा सन्तुष्ट छन् भने महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यस समस्याबाट पीडित व्यक्ति भनिहाल्न मिल्दैन।

त्यसैले कतिपय यौन विशेषज्ञले यौन इच्छा कम भएको भनेर त्यसबेलासम्म भन्दैनन् जबसम्म यी कुराले सो जोडीलाई यसका कारणले समस्या पारेको हुँदैन वा व्यवहारमा कुनै खास परिवर्तन देखिएका हुँदैनन्।
यो पक्कै हो कि सुखमय यौनसम्पर्क वैवाहिक सम्बन्धको आधार हो, तर यसमा केही कमी भयो भन्दैमा श्रीमती अर्कातिर लागिहाल्लिन् भन्ठान्नुपर्ने कारण देखिदैन। अति नै कम यौनसम्पर्क भएका बेला मात्रै होइन, अशक्त जीवनसाथी भएको स्थितिमा पनि दाम्पत्य जीवनमा समर्पित नै रहेका अनेक उदाहरण समाजमा छन्। शंका वा भयले लंका जलाउँछ।
पुरुषहरूमा यौनको सन्दर्भमा हुने भयहरूमध्ये श्रीमती वा यौनजोडीलाई यौनसन्तुष्टि दिन सक्दिनँ कि भन्ने एक प्रमुख हो । यस्तो भय भए पनि उसले राम्रो गर्नुपर्ने चिन्ताले सताउन थाल्छ।
शीघ्र स्खलन होस् वा लिङ्ग उत्तेजना चाहेअनुसार नहुने समस्याले सताउँदा चिन्ता झनै बढ्छ। यसका साथै धेरै चिन्ता गर्ने स्थिति आउँदा कार्यसम्पादनको चिन्ताले सताउन थालेपछि समस्या झनै चर्कन्छ ।

यस समस्या समाधानका लागि मानसिक चिन्ता, भयबाट मुक्ति पाउन प्रयास गर्नुपर्छ। यसका लागि आफ्नो मन बलियो बनाउनुपर्छ। आवश्यक परेमा मनोपरामर्शदाता वा मनोचिकित्सकको सहयोग पनि लिनुपर्ने हुन सक्छ।
यौन उत्तेजनालाई निरन्तरता दिन सकिए व्यक्ति यौन चरमसुखको चरणसम्म पुग्छ। विचार गर्नुपर्ने कुरा यौन चरमसुख व्यक्ति आफैंले प्राप्त गर्ने हो, अर्को व्यक्तिले त सहयोग मात्र गर्न सक्छन्। त्यसैले यौन उत्तेजनालाई निरन्तरता दिन अर्को व्यक्तिको यौन संवेदनशील अङ्गबारे जान्नुपर्छ।
महिलाको सन्दर्भमा सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगांकुर’ बाहिरतिरै हुन्छ। यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। योनि अर्को महत्त्वपूर्ण अङ्ग हो। यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ।
योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सक्छन्। स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ। त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ। पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन्।
यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भएमा यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत पनि गर्छ। साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो हुनैपर्छ भन्ने पनि छैन।

साथसाथै पाइएन भने पीर गर्नुपर्ने आवश्यता छैन, पालोपालो गरेर यौन चरमसुख प्राप्त गरे पनि हुन्छ। साथसाथै पाउँदा वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ। सम्भोग अर्थात् ‘समंभोग’, जसको अर्थ दुवै जना यौनसाथी (श्रीमान्–श्रीमती) ले समान रूपमा यस सुखलाई भोग गर्न पाउने कुरा भयो।
यौनसम्पर्क गर्दा लिङ्ग प्रवेश गराएर सुरु गरिने मानसिकताबाट बाहिर निस्कनुपर्छ। महिलाले पर्याप्त रूपमा पाक्क्रीडामा संलग्न हुने समय पाउनुपर्छ। विशेष गरेर यौनसम्पर्क गर्दा पुरुष माथितिर र महिला तलतिर रहने आसनमा यौनसम्पर्क गर्दा महिलाको योनिमा घर्षण हुने भए पनि भगांकुरमा घर्षण हुँदैन भन्ने बुझ्नुपर्छ।
आफ्नो पार्टनरलाई कसरी यौनसुख दिने र लिने भन्नेतिर ध्यान दिनुभयो भने पक्कै पनि सुखमय यौन जीवनयापन गर्न सकिन्छ।