
राष्ट्रिय सभा सदस्य (सांसद) विमला पौडेल राईले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको संयन्त्रमार्फत चलेको बताएकी छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पौडेलले प्रधानमन्त्री संसदीय व्यवस्थाअनुसार चल्ने भन्दा पनि गठबन्धनको संयन्त्रमार्फत चलेको भन्दै आपत्ति जनाएकी हुन् । संघदेखि प्रदेश र स्थानीय तहमा समेत समानान्तर गठबन्धन बनेको उनको भनाई थियो ।
राजनीतिक संयन्त्रका नाममा प्रधानमन्त्रीका हातखुट्टा बाँधिएको टिप्पणी समेत गरिन् । ‘प्रधानमन्त्रीका हातखुटटा बाँधेर राखेर संसदप्रतिको उत्तरदायित्व पूरा हुन्छ ?’ पौडैलले भनिन् ।
सांसद् पौडेलले गठबन्धनको संयन्त्रले गरेको हस्तक्षेपकै कारण मन्त्रिपरिषद्ले पूर्णता नपाएको बताइन् ।