
एमाले नेता घनश्याम भुसालले संसद जोगाउने कार्यभार पूरा भएको र अब पार्टी जोगाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तिम समयमा आएर विश्वासको मत नदिएका भुसालले प्रतिक्रिया दिँदै अब पार्टी जोगाउन लाग्ने बताएका छन्। उनले आफूहरुले संसद जोगाएको भन्दै अब एमालेलाई पनि फुटबाट जोगाउने बताएका हुन्।
तर, घनश्यामलगायतका नेताहरु भने देउवाले राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा अनुपस्थित थिए। एमाले उपमहासचिब घनश्याम भुसालले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएलगत्तै उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
भुसालले सामाजिक सञ्जालमा भनेका छन्, ‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ। हामी ठूलो दुर्घटनामा परेका छौं। यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं। हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं।’
