१८ बैशाख २०८१, मंगलवार

आईसीसी टी ट्वान्टी विश्वकपमा भारत र पाकिस्तान एकै समूहमा

india pakistan

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप २०२१ को समूह विभाजन गरेको छ । विश्वकपमा सहभागी हुने राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

आईसीसीका अनुसार दक्षिण अफ्रिका, अष्ट्रेलिया, इंग्ल्याण्ड र दुई वटा छनोट खेलेर आउने राष्ट्र एक समूहमा हुनेछ । भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान अर्को समूहमा अटाएको छ । भारत र पाकिस्तान सन् २०१९ को एकदिबसीय अन्तर्राष्ट्रिय विश्वकपपछि पहिलो पटक एक अर्काको सामना गर्नेछ ।

दुबै समूहबाट दुई दुई वटा टोलि सेमीफाइनलका लागि स्थान सुनिश्चित गर्नेछ । यूएई र ओमानमा हुने विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिता अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म चल्नेछ ।

कोरोना महामारीले गर्दा विश्वकप क्रिकेट प्रतियोगिता भारतबाट सारिएको हो । आईसीसीको टी ट्वान्टी वरीयताको आधारमा टोलिको समूह विभाजन गरिएको छ । आयरल्याण्ड, श्रीलङ्का, नेदरल्याण्ड्स र नामीबिया समेत समूह ए मा नै छन् । त्यसैगरी, स्कटल्याण्ड, बङ्गलादेश, पपुवान्यूगिनी र ओमान समूह बी मा छन् । तर दुबै समूहका यी चार चार राष्ट्रमध्ये दुबै समूहबाट उत्कृष्ट हुने दुई दुई टोलि सुपर १२ मा पुग्नेछन् । सुपर १२ मा यी चार राष्ट्रले वरीयताको शीर्ष आठमा रहेका दुई समूहका चार चार टोलिसँग स्पर्धा गर्नेछ ।

ओमान र यूएई भने आयोजक राष्ट्रको हैसियतमा विश्वकप टी ट्वान्टी खेल्न छनोट भएको हो ।

    सम्बन्धित समाचार...