१८ बैशाख २०८१, मंगलवार

सुपरहिट मलयालम फिल्मको रिमेकमा जोन र अभिषेक

JohnAbhishekTLM

गत वर्षको सुपरहिट साउथ मलयालम फिल्म ‘अय्यपनम कोशियुम’ को बलिउड रिमेक बन्ने भएको छ ।

पृथ्वीराज र बीजू मेनन स्टारर फिल्मको हिन्दी, तेलुगू रिमेक बनाउने तयारी चलिरहँदा बलिउड रिमेकमा अभिषेक बच्चन र जोन अब्राहमले अभिनय गर्ने भएका छन् ।

पृथ्वीराजको रोलमा अभिषेक र बीजू मेननको रोलमा जोनलाई देख्न सकिने भारतीय मिडियाले बताएका छन् ।

फिल्मको निर्देशन ‘मिशन मंगल’ फेम्ड डाइरेक्टर जगह शक्तिले गर्नेछन् ।

फिल्मको छायांकन सेप्टेम्बरबाट सुरु गर्ने तयारी गरिएको छ । जोन र अभिषेकले वर्षौंपछि सँगै काम गर्न लागेको खबरले दर्शकमा उत्साह देखिएको छ ।

यसअघि यी दुईले फिल्म ‘दोस्ताना’मा काम गरेका थिए । फिल्म ‘धुम’ मा पनि यी दुईको अभिनयलाई निकै मन पराइएको थियो ।

    सम्बन्धित समाचार...