
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका आन्दोलनरत प्राविधिक र प्राधिकरण बीच सहमति भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा छलफल भएको हो । छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत प्राविधिकहरूको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
सहमति भएसँगै प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरू तत्काल कार्यक्षेत्रमा फर्केर पुनर्निर्माणका काममा क्रियाशील हुने भएका छन् ।
आज प्राधिकरणमा भएको वार्ता र छलफलपश्चात् इञ्जिनियरहरुले पाउने सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकहरूलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्ने लगायतका सहमति भएका हुन् ।
सहमतिपछि अमरले आफ्ना सबै माग पूरा भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण प्राविधिकहरू काममा खटिने र असार मसान्तभित्र धेरैभन्दा धेरै लाभग्राहीको मुहारमा खुशी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहमतिका बुँदाहरू

