१८ बैशाख २०८१, मंगलवार

सरकारले खोल्यो नेपाली श्रमिक धेरै रहेको ७ देशको उडान

air
फाइल फोटो

सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकको हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।