
पहिरोले अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ। पहिरो हटाएपछि आज बिहान ८ बजेदेखि सडक दुवैतर्फ खुलेको छ। गए राति झरेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिन-जोगिमारा खण्ड अवरूद्ध थियो।
पहिरो हटाएपछि सडक खुलेको स्थानीय बासिन्दाले जनाएका छन्।आज बिहानैदेखि डोजर लगाएर पहिरो/बाक्लो लेदो हटाइएको थियो। सडक अवरूद्ध हुँदा सवारी साधन रोकिएका थिए। सडक सुचारू भएसँगै सवारी साधन गन्तब्यका लागि छुटेका छन्।