६ जेष्ठ २०८१, आईतवार

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारजनलाई ५० हजार दिने घोषणा

194902044 152345560264534 3118609606018288504 n 750x375 1

धनुषाका एक स्थानीय तहले कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनु परेकाको परिवारजनलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

जिल्लाको क्षीरेश्वनाथ नगरपालिकाले कोरोना भाईरसबाट मृत्यु भएकाको परिवारजनलाई राहत स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले २०७८ बैशाख १ पछिका कोरोना संक्रमितहरुलाई राहत स्वरुप समेत विभिन्न प्याकेज समेत घोषणा गरेको छ । राहतहरुमा मृतकका परिवारजनलाई ५० हजार रुपैयाँ, संक्रिमित भई अस्पतालमा उपचाररतलाई १५ हजार तथा संक्रमित भई होम आईसोलेसनमा रहेकालाई ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख योगेन्द्र पंजियारले जानकारी दिए । उक्त राहत लिनलाई आवश्यक कागजातहरु सहित नगरपालिका कार्यालयमा सम्पर्क गर्न समेत मेयर पंजियारले आग्रह गरेका छन् । यसअघि होम आईसोलेसनमा रहेका संक्रमितहरुलाई घर–घरमै स्वास्थ्यकर्मी खटाई स्वास्थ्य उपचार गर्ने गरेको नगरपालिकाले प्रत्येक वडामा निःशुल्क पीसीआर जाँचको व्यवस्था समेत मिलाएको मेयर पंजियारले बताए ।

कोरोना संक्रमणको भयावह यस्तै रहेमा आगामी आर्थिक वर्षको बजेटमा कोरोनो महामारीको अग्रीम तयारीका लागि विशेष बजेटको प्याकेज ल्याउने उनले बताए ।