
एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहनिकट जनसंगठन प्रमुखहरूले दोस्रो तहका नेताहरूको भूमिकाका कारण समूहक कमजोर हुने निष्कर्ष निकालेका छन् । उनीहरूले समूहलाई कमजोर बनाउनेगरी व्यक्तिगतरूपमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेको भन्दै यसले समूहलाई अहित गर्ने बताएका हुन् ।
खनाल–नेपाल समूहका जनसंगठनहरूको आज (बुधबार) भर्चुअल भेला भएको थियो । भेलामा दोस्रो तहका नेताहरूले समूहलाई कमजोर बनाउनेगरी वार्ता, संवादमा जुटेको भन्दै यसले अन्तरसंघर्ष कमजोर हुने निचोड निकालेको खनाल–नेपालपक्षी अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
“आजको छलफलमा हामी एकता बचाउन नै लाग्नुपर्छ । तर, एकताको बाधक ओली नै देखिएका छन् भन्ने निष्कर्ष निकाल्यौँ,” पराजुलीले भने, “त्यस्तै आजको छलफलमा दोस्रो तहका नेताहरूको भूमिकाको बारेमा पनि प्रश्न उठ्यो ।