नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने
फाइल फोटो
पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गर्नु भयो । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उहाँले कारबाहीको कुनै अर्थ नरहेको बताउनु भयो ।
‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ खनालले भन्नु भयो ।
यसैगरी, नेता रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गर्नु भएको छ । समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाइयो भन्नु फुटवादको निरन्तरता भएको उहाँले जनाउनु भएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।